Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा गुडिरहेको ट्याङ्करमा आगलागी

मकवानपुरको चुरियामाई रातोमाटे नजिकै गुडिरहेको तेल ट्याङ्करमा आगलागी भएको छ। हेटौंडा उपमहानगरपालिका र अमलेखगन्ज आयल निगमको बारुण यन्त्रको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गुडिरहेको ना ४ ख २९५८ नम्बरको ट्याङ्कीमा तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । करिब ४ः१५ मा लागेको आगो जनपद, ट्राफिक प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा निभाइएको हो ।

तार सर्ट भएर गुडिरहेको खाली तेल ट्याङ्करमा आगलागी थियो । आगलागीका कारण ट्रकको अगाडिको सबै भाग जलेर नस्ट भएको छ । घटनामा मानवीय क्षति भने हुन पाएन ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif