Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको संख्या ४० पुग्यो

corona-1595224144.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ । आईतबार हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ५ र १४ की २ महिलामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४० पुगेको हो ।

कोरोना संक्रमित ४० जना मध्ये हालसम्म २६ जना निको भएको आफुलाई जानकारी आएको उनको भनाई रहेको छ ।  हाल आइसोलेसन वार्डमा ८ जना तथा काठमाण्डौँ उपत्यका क्षेत्रमा ६ जना संक्रमितहरु आइसोलेन वार्डमा रहेका छन् ।

 यसैबिच बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ५८ पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आईतबार प्रदेशको ३ जिल्लामा ५ संक्रमित थपिए संगै संक्रमितको संख्या ८ सय ५८ पुगेको हो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०