Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको संख्या १२८० पुग्यो

corona-photo-1600927779.jpg

मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमितको कूल संख्या १ हजार २ सय ८० जना पुगेको छ ।

जिल्लामा बुधवार विभिन्न स्थानीय तहमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार २ सय ८० जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईका अनुसार, बुधवार, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, जिल्लामा बुधवार एकैदिन ५४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । यो पछिल्लो पटकको सबैभन्दा ठुलो संख्या रहेको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

त्यस्तै, जिल्लामा हाल १८ जना क्वारेन्टाइनमा, ४ जना होम क्वारेन्टाइनमा र १२८ जना आइसोलेशनमा बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, जिल्लामा कोरोना संक्रमणको आशंकामा हालसम्म ९ हजार २४ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०