Friday, 19th June, 2026
वि.स.

मकवानपुरमा कोरोना मुक्त भएका दुईजनामा पुन : कोरोना देखियो

corona-photo-1604036322.jpg

मकवानपुरमा पुनस्दुई जनामा कोरोना देखिएको छ। पहिलो पटक कोरोना पुष्टि भएर निको भईसकेका दुईजनामा कोरोना पुष्टि भएको हो। 

मकवानपुरमा कार्यरत ट्राफिक प्रहरी र बैंकका कर्मचारीमा पुन: कोरोना पुष्टि भएको हेटौँडाका कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताए। करिब दुई/तिन महिना अगाडि हेटौँडामा गरेको परीक्षणमा कोरोना पुष्टि भएका दुईजनालाई पुन: कोरोना देखापरेको चौलागाईंले बताएका छन्। 

उनिहरुमा पहिलो पटकनै देखापरेको कोरोना भाइरस बाँकी रहेको हो या पुनस् कोरोना संक्रमण भएको हो भन्ने कुरा अनुसन्धानकै क्रममा रहेको छ- चौलागाईंले भने।मकवानपुरमा कोरोना पुष्टि भएर कोरोना मुक्तभई पुन : काेरोना देखा पर्नु पहिलो घटना रहेको उनले बताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०