Monday, 15th June, 2026
वि.स.

मकवानपुरमा कुकुरसहित सुरक्षाकर्मी परिचालित

aaMK-1572071001.png

मकवानपुर प्रहरीले तिहारलाई लक्षित गर्दै नाका क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेको छ । प्रहरीले दक्षिण नाकामा रातोमाटे, पश्चिममा मनहरी र उत्तर खण्डमा भिमफेदी तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गर्दै आएको छ । सुरक्षा जाँचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ ।

प्रतिवन्धित पार्टीका गतिविधि र तिहार केन्द्रित बारुदजन्य पदार्थलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले सुरक्षा अभियान चलाइएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए । यस्तो अभियान छठसम्म जारी रहने उनले बताए ।

आफूहरुको अभियानबाट आम मानिसमा सकारात्मक सन्देश पुगेको प्रहरीको विश्वास छ । सुरक्षाको हिसाबले प्रहरी राजमार्गमा रहनु, तिहार केन्द्रित सामग्री रोक्दा मानिसमा हुने त्रासलाई कम गर्न सकिएकोे प्रहरी अधिकारीहरु बताउँछन् ।

नाका क्षेत्रमा गरिएको सुरक्षा जाँचबाट भारतबाट भित्राइएका पटाकाहरु बरामद गरी नष्ट गर्ने गरिएको प्रहरीले जनाएको छ ।