Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा कार्यरत दुई डाक्टर बर्खास्त

docotor-1615700271.jpg

 हेटौंडा अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई बर्खास्त गरिएको छ ।

अस्पतालमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा। साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको शुक्रबारको बैठकले सेवाबाट बर्खास्त गरेको हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा प्रविण श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा ड्युटीको समयमा निजि क्लिनिकमा काम गर्दै आएको र अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने काम गरेको पाईएपछि दुईजना डाक्टरलाई दुईपटक निलम्बन गर्दा पनि अटेर गरेपछी बर्खास्त गरिएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।

अस्पतालका अध्यक्ष पौडेलका अनुसार अस्पताले बर्खास्त गरेको डाक्टरको ठाउँमा दुई डाक्टरको खोजि कार्य सुरु गरिसकेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०