nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा कार्यरत कोरोना संक्रमित इन्जिनियरको सवारी दुर्घटनामा मृत्यु

hetauda-1600512163.jpg

 कोरोना संक्रमण पुष्टिपछि आफ्नो होम आइसोलेसनमा बस्न मोटरसाइलकमा घर चितवनतर्फ जाँदै गरेका इन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

बकैया गाउँपालिकामा भुकम्प प्राधिकरणको तर्फबाट कार्यरत २९ बर्षीय इन्जिनियर दीपेन्द्र अधिकारीको शनिबार सवारी दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनलाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–३ स्थित नेवारपानी र मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–९ रजैयाको सीमाना खलंगामा उनी सवार ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारार्थ हेटौंडा ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमा कोरोना संक्रमण पुष्टि भएकोले दाहसंस्कारबारे छलफल गर्न उनको परिवारलाई बोलाइएको र नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)