Monday, 15th June, 2026
वि.स.

मकवानपुरमा ओभरलोड बोक्ने टिपरलाई कार्बाही गर्दैन ट्राफिक प्रहरी

safe_image-1584194139.jpg

मकवानपुरका बिभिन्न सिमेन्ट उद्योगमा टिफरले चुनढुङ्गा ओभरलोड बोक्ने गरेका छन् । हेटौंडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योग, हेटौंडाको चुरीयामाइमा रहेको रिद्धिशिद्धी सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगमा चुनढुङ्गा ओसार्दै आएका टिफरले ढाला भन्दा पनि माथी चुली लगाएर सामाग्री बोक्दै आएका छन् । धेरैजसो टिफरले पहिलेको भन्दा ढाला थपेका छन् । अझै त्यस भन्दा माथी पनि चुली लगाएर खानीजन्य सामाग्री बोक्दै आएका हुन् ।

सिमेन्ट उद्योगमा चुनढुङ्गा बोक्ने टिफरले ढाला भन्दा माथी चुली लगाएर सामाग्री ओसार्दा सडकमा गुढ्ने साना सवारीका साधन, पैदलयात्रीलाई पनि ढुङ्गा खसेर लाग्नेडर त्यतीकै वढेको छ । तर, ट्राफिक प्रहरीले यसतर्फ कार्बाही गरेको छैन । ओभरलोड बोक्ने टिफरलाई कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । ढाला भन्दा माथी ओभरलोड बोक्ने टिफरलाई ठाउँ ठाउँमा कार्बाही गरिएको वताउँदै एसपी राठोरले भन्नुभयो–‘हामीले सम्झाउने बुझाउने कामसंगै कार्बाही पनि गरेका छौं तर, ओभरलोड बोक्न रोकिएको छैन । यसलाई अझै कडाइ गर्छौं ।’

शिबम सिमेन्ट उद्योगले सुकौरा खानीबाट टिफरमा चुली लगाएर नछोपीकन चुनढुङ्गा ओसार्दा पैदलयात्री पनि सडकबाटै हिड्दा निकै जोखिम वढेको स्थानीय वासिन्दाहरु वताउँछन् । यता रिद्धिशिद्धी सिमेन्ट उद्योगले भैसेखानी, हेटौंडा सिमेन्ट उद्योगले भैसे र ओख्रेखानीबाट चुनढुङ्गा ओसार्दा तोकिएको क्षमता भन्दा झनै दोव्वर बोक्ने गरेका छन् । पैदलयात्री र साना सवारी चालकलाई ढुङ्गा खेसर हेटौंडा वजार क्षेत्रमा लाग्ला भन्ने त्रास पनि त्यतीकै रहेको छ ।

ओभरलोड चुनढुङ्गा लिएर हेटौंडाको मुल सडक भएर एक सय भन्दा वढी टिफरहरु ओहोर दोहोर गर्ने गरेका छन् । टिफरको ढाला भन्दा माथी चुली लगाएर चुनढुङ्गा ओसार्ने गरिएको छ । तर, बजारका चोकचोकमा खटिएका ट्राफिक प्रहरीले ओभरलोड नदेखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरि विष्णु ढकालले वताउनुभयो ।

सडकमा गुढ्ने सवै गाडीलाई ट्राफिक नियम, टिफरलाई छुट

मकवानपुरको ट्राफिक प्रहरीले साना, हल्का सवारी साधन देखि ओभरलोड बोकेका भारतिय गाडीलाई समेत कार्बाही गर्दै आएको छ । तर, हेटौंडाका तीन वटा सिमेन्ट उद्योगमा चुनढुङ्गा ओसार्ने टिफरलाई भने ओभरलोड बोक्दा पनि कार्बाही गरेको छैन । सडकमा सयौ टिफर ओभरलोड बोकेर ओहोर दोहोर गर्दा पनि ट्राफिक प्रहरीले वेवास्ता गर्दा बजार क्षेत्रमा हिड्न पनि जोखिम वढेको हेटौंडा ४ का श्याम सापकोटा वताउनुहुन्छ ।

ओभरलोड बोक्ने टिफरलाई छुट नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढकाल वताउनुहुन्छ 
प्रहरीको आखा छलेर ओभर लोड बोकेको हुन सक्ने वताउँदै उहाँ भन्नुहुन्छ–‘ओभरलोड बोकेको देखेमा कार्बाही गरेका छौ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०