nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा एकैदिन थप १ सय २९ जनाले जिते कोरोना

superhero-1603557017.png

मकवानपुरमा थप १ सय २९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कार्तिक ५ गते लिईएको १ सय ९९ जनाको स्वाबमा १ सय ३२ जनाको स्वाब पुन परीक्षणको लागि लिइएको थियो । जसमा १ सय २९ जनाको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण मुक्त रिपोर्ट आएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । परीक्षणमा ३ जनाको रिपोर्ट पुन पोजेटिभ आएको छ ।

यो संगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको छ । जिल्लामा हालसम्म संक्रमणको संख्या २ हजार ७ सय ३० रहेको छ ।

हालसम्म कोरोना संक्रमणको कारण यहाँका २२ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै मकवानपुरको थाहा नगरपालिकामा होम आइसोलेसन बसेका एक ४३ वर्षीय पुरुषको घरमै ज्यान गएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)