Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरबाट २७३ किलो चरेश सहित दुईजना पक्राउ

gaga-1550746104.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ७३ किलो चरेश तथा १९० किलो  चरेश बनाउने   धुलो सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उत्तरी मकवानपुरको  कैलाश गाउँपालिका वडा नंबर १ बाट धादिङ जिल्ला गजुरी गाउँपालिका ८ किरन्चोकका जीवन तामाङ तथा कैलाश १ का चन्द्रबहादुर घलानलाई प्रहरीले पक्राउ गरको हो ।

उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले लागु औषध चरेशको यो परिणाम निकै ठुलो तथा करिब १ करोबड बराबरको समेत रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक पवनकुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।