Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरबाट १० लाख भारु सहित २ जना पक्राउ

varatiya-1584530961.jpg

मकवानपुर प्रहरीले स्रोत नखुलेको करिब १० लाख भारतीय रुपैयाँ सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा हेटौंडा भएर विरगंज तर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेबाट स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरका अनुसार रकमको स्रोत नखुलेकोले पक्राउ गरि आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छपक्राउ पर्नेहरुमा बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ बर्षीय विजय चौधरी, भारत नहेटी बस्ने ३८ बर्षीय संकर सरकार रहेको मकवानपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg