Monday, 15th June, 2026
वि.स.

मकवानपुरबाट १० लाख भारु सहित २ जना पक्राउ

varatiya-1584530961.jpg

मकवानपुर प्रहरीले स्रोत नखुलेको करिब १० लाख भारतीय रुपैयाँ सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा हेटौंडा भएर विरगंज तर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेबाट स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरका अनुसार रकमको स्रोत नखुलेकोले पक्राउ गरि आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छपक्राउ पर्नेहरुमा बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ बर्षीय विजय चौधरी, भारत नहेटी बस्ने ३८ बर्षीय संकर सरकार रहेको मकवानपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०