nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढी विजयोत्सवमा राष्ट्रपति भण्डारी

MKA-1548325662.jpg

अंग्रेज फौजका लडाकूलाई ठूलो संख्यामा हताहती गरी विजय प्राप्त गरेको सम्झनामा मनाइएको मकवानपुरगढी विजयोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएका छन्।

वि.सं. १८१९ माघ १० गते गोर्खाली सेनाले अंग्रेज सेनालाई हराएपछि मकवानपुरगढीमा विजयोत्सव मनाइँदै आएको छ। तत्कालीन राजा पृथ्वीनारायण शाह पहिलो विजयोत्सवमा आफै सहभागी भएका थिए। गणतन्त्र स्थापनापछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार मकवानपुरगढी दरबार परिसरमा आयोजित विजयोत्सवमा सहभागी भएका हुन्।

यसअघि पनि राष्ट्रका प्रमुख तथा कार्यकारीलाई निम्ता गरेर विजयोत्सव मनाउने तयारी सार्थक हुन सकेको थिएन। स्थानीय निकायको पुनर्संरचनापछि बनेको स्थानीय तहको नाम पनि तत्कालीन मकवानपुरगढीकै नाममा राखिएको थियो। बिहीबार २५६ औँ विजय उत्सव मनाउन सहभागी राष्ट्रपछि भण्डारीले मकवानपुरगढी विजयको छुट्टै इतिहास रहेको बताइन्।

ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसावले प्रचुर सम्भावना रहेको मकवानपुरगढीको विकास पर्यटनको माध्यमबाट हुने राष्ट्रपति भण्डारीले बताइन्। सरकारले मकवानपुरगढीलाई पनि पर्यटनको गन्तव्यको रुपमा अघि सारेकोमा खुसी लागेको उनको भनाइ थियो। नेपाली सेनाको वीरताका गाथाको रुपमा रहेको मकवानपुरगढीले सदैव नेपालीहरुको वीरतालाई झल्काउने भन्दै वीरगाथा भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन्।

उनले विजयोत्सवको अवसरमा ऐतिहासिक गढीभित्र निर्माण गरिएको सात प्रदेश अंकित नेपालको नक्सा अनावरण र झण्डोत्तलन गरेकी छिन्। गढी किल्लाबाट वि.सं. १८१९ माघ १० गते पृथ्वीनारायण शाहको सेनाले बंगालका नवाब मिर कासिम अलीको सेनालाई हराएका थिए। सो क्रममा १७ मुगल सेनाको मृत्यु भएको थियो।

कार्यक्रममा मकवानपुरगढीको इतिहास खोजमा योगदान गरेको भन्दै इतिहास खोजकर्ता केदार न्यौपाने र बद्री खतिवडालाई सम्मान गरिएको थियो। तत्कालीन अवस्थामा मकवानपुर गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र सात फिट चौडाइ भएको पर्खाल लगाइएको छ। तत्कालीन मकवानपुरका राजा लुहाङ सेनले आफ्नो राज्यलाई सुरक्षित गराउन वि.सं. १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ।



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com