nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढी गाउँपालिकाले दशैंमा टिका लगाउन जान लगायो रोक

कोरोना भाइरसको जोखि कायमै रहेको भन्दै मकवानपुरगढी गाउँपालिकाले यस वर्षको दशैंमा आफन्तकोमा टिका लगाउन जान गाउँपालिकाबासीलाई रोक लगाएको छ । गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले आफन्तकोमा गएर टिका लगाउने र आफन्तलाई टिका लगाउनका लागि आमन्त्रण गर्ने कार्य रोक्ने निर्णय गरेको हो ।

गाउँपालिकाले ४ कात्तिकमा जारी गरेको सूचनामा भनिएको छ–‘विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिम उच्च हुँदै गएकोले दशैँ तथा तिहार घरमै बसी मनाउनु हुन, आफन्तजनलार्इ आमन्त्रण नगराउनु हुन तथा टिका थाप्ने प्रयोजनका लागि यसबर्षलाई आफन्तजनहरुकोमा जाने काम नगर्नु नगराउनु हुन त उच्च सतर्कताका साथ्च डपर्व मनाउनुहुन समस्त गाउँपलिकाबासीहरुलाई हार्दिक अनुरोध गर्दछ ।’

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा दशैं तथा तिहार घर परिवारका सदस्य बीच मात्र मनाउनुपर्ने, टिका लगाउन आफन्तकोमा जान नपाइने, शक्तिपिठ, मन्दिरहरुमा नियमित पूजा मात्र हुने, सार्वजनिक स्थलमा भिडभाड गर्ने, पिङ, लङ्र्गुरबुर्जालगायतका खेलहरु खेल्न, खेलाउन नपाइने, जुवा,तास, ध्रमपान, मध्यपानलगायतका कार्य नगर्ने, दशैंमा टिका लगाउने प्रयोजनका लागि हिँड्डुल गर्न नदिने, तिहारमा द्येउसी तथा भैलो खोल्न नपाइनेलगायतका कुरा उल्लेख छ ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)