Tuesday, 16th June, 2026
वि.स.

मकवानपुरको एक जनालाई कोरोना संक्रमण पुष्टि

covide-1595670487.jpg

 मकवानपुरको मनहरी-७ बिजौनामा रहेको राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका १ जनामा कोरोना पुष्टि भएको छ । मनहरी गाउँपालिकाका वडा नम्बर ६  सुनुचुरीका  ५० बर्षका पुरूषमा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टाइनमा रहेका १५ जनाको मंगलबार स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा १ जनामा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताएका छन्  । संक्रमित पुरूष साउदी अरबबाट नेपाल आइ पुगेका थिए । उनीहरुलाई कर्रा आईसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको चौलागाईंले बताएका छन्।मकवानपुरमा अहिलेसम्म मनहरीका १२  जनालाई संक्रमण भएको र १० जना निको भएर डिस्चार्ज भईसकेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०