Monday, 15th June, 2026
वि.स.

मकवानपुरको भिमफेदी कारागा बाट कैदी फरार

Bhimphedi-Jail-1573960062.jpg

मकवानपुरको भिमफेदी कारागारबाट शनिबार राती एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटी रहेका ३० वर्षका कुलदिप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिए । कारागार वरी परि १२ फिट भन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिए ।  कारागारबाट कैदी फरार भएपछी थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए । 

यद्यापी पर्खालको केहि सानो भागमा ग्याप रहेका र त्यहा तार तानियको भेटिएकाले धामी त्यहीबाट भागेको हुन सक्ने अनुमान गरएको उनले बताए ।  धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरोनो ठेगाना सुनसरीमा समेत अर्लट गरिएको प्रमुख खनालले जानकारी दिए । 

कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राती पौने १० बजे आफुलाई खबर गरेपछि तत्काले खोजी कार्य अघि बढाइएको उनले जानकारी दिए ।  जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए । सुरक्षामा ससस्त्र प्रहरी र जनपथ प्रहरी खटिएपनि कैदी भाग्न सफल भएका हुन् ।