nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको चेपाङवस्तीमा स्वास्थ्यचौकी निर्माणका लागि हङकङमा सात लाख संकलन गरिने

Chepang-1531992640.jpg

मकवानपुरको चेपाङवस्तीमा स्वास्थ्य चौकी निर्माणका लागि हङकङमा रकम संकलन गरिने भएको छ। मकवानपुरको कैलास नगरपालिकाको भार्तामा अवस्थित चेपाङ बस्तीमा स्वास्थ्य चौकी निर्माणका लागि हङकङबासीले सात लाख रुपैयाँ संकलन गर्ने भएका छन्।

बुधबार साझ जोर्डनस्थित एनआरएनको कार्यलयमा मिसेस हङकङ नेपाल टिमले एक भेला गराई रकम संकलनका बारेमा जानकारी गराइएको हो।  मिसेस हङकङ नेपालको अगुवाईमा उक्त रकम संकलन गरिने  मिसेस हङकङकी बिजेता पविता पुमाले जनाकारी गराएकी थिइन्।

पुमाका अनुसार मिस नेपाल शृंखला खतिवडाले हङकङ भ्रमणका क्रममा आफूले आफ्नै डिजाइनमा चेपाङ वस्तीमा स्वस्थ्य चौकी निर्माण गर्न लागेको जानकारी गराएकी थिइन्।

४० लाखकाृ लागतमा निर्माण हुने उक्त स्वास्थ्यचौकीमा आफूहरुले ७ लाख बराबरको एक कोठा निर्माण गरिदिने प्रतिवद्धता मिसेस हङकङ पुमाले गरेकथिइन्।

उक्त रकम आगामी अगस्ट १९ मा इन्डिया क्लबमा च्यारिटी डिनरको आयोजना गरि संकलन गरिने उनले जानकारी दिइन्। आफूहरुको मुख्य जरा नेपाल भएको भन्दै पुमाले नेपालमा बढी सहयोगको आवश्यकता रहेको बताइन्। हङकङका सयौँ संस्थाहरुले बाहिरका लागि मात्रै काम गरिहेको भन्दै घरकै उपेक्षा किन भइरहेको छ भन्ने प्रश्नमा पुमाले त्यस्ताे नभएको बताइन्।

आफूहरु जरा नेपालमै छाडेर हांगाको रुपमा बाहिर आएको बताउँदै उनले भनिन्, ‘हाम्रो मूल जरो त नेपालै हो नि, हामी त केही जरा फैलाएर वा हागाबिगा बढेर यहाँसम्म आएका हौ। त्यसमाथि आवश्यकता र प्राथमिकताको कुरा पनि आउछ, यहाँ भन्दा नेपालमै बढी आवश्यकता छ, फेरि यसो भन्दैमा यहाँ हङकङ लाई बेबास्ता गर्न खोजिएको हैन।’

उनले आफूहरु चाडै नै स्थानीय कलाकारहरु समेटेर सांस्कृतिक साङ्गितिक कार्यक्रम पनि गर्ने योजना बनाएका रहेको बताउँदै उनले यसबाट उपेक्षित भइरहेका कलाकारलाई प्रोत्साहन मिल्ने बताइन्।

हङकङ महिला संघकी अध्यक्ष टीका गुरुङले मिसेस हङकङ नेपाल टिमको प्रशंसा गर्दै भनिन, ‘अन्य संस्थामा चुनावमा हारेपछि वा पद मुक्त भए पछि संस्थाप्रति विमुख हुने र असहयोग गर्ने परिपाटीको विरुद्ध यसले उदाहरणीय कार्य गरिरहेको छ। ११ प्रतियोगिताहरु मध्ये एक जना मात्र बिजेता भए पनि अहिलेसम्म हरेक कार्यमा ११ जना नै सक्रिय रुपमा एकताको साथ अगाडि बढिरहेको देख्न पाउनु प्रेरणादायी कुरा हो।’

यो वर्ष मिसेस हङकङ नेपाल सम्पन्न पश्चात यो टिम निकै सक्रियरुपमा देखापरेको छ। केही हप्ता अगाडि गठित एनआरएन हङकङको महिला फोरममा समेत यो टिम समेटिएका छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)