Thursday, 27th August, 2026
वि.स.

मकवानपुरका सार्वजनिक यातायातले विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनूपर्ने 
टेम्पो र मझौला यातायातले पनि छुट दिनूपर्ने

55853695_2593884277350422-1553852931.jpg

मकवानपुरका विद्यार्थीहरुले अब सार्वजनिक यातायातमा यात्रा गर्दा ४५ प्रतिशत छुट पाउने भएकाछन् । 

गत फागुन २७ गते मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार यो छुट पाउने भएका हुन् । निर्णय कार्यान्वयन गर्नका लागि १५ चैतमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात व्यशायीलाई यो निर्णय चैत १ बाटै कार्यान्वयन गर्न भनेको छ । यस्तो छुट टेम्पो तथा मझौला यातायातले समेत दिनूपर्ने निर्णय भएको अनेरास्ववियु जिल्ला कमिटी मकवानपुर विशाल पौडेलले जानकारी दिए । 

विद्यार्थीलाई उपलब्ध गराईने छुट सम्बन्धी व्यवस्था यातायात व्यवशायीले सबैले देख्नेगरी स्टीकर टाँस गर्नुपर्ने पत्रमा उल्लेख छ । 

हेर्नुहोस् पत्र:


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif