nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका सबै स्थानीय तह क्रसर संचालनको पक्षमा

मकवानपुरका दशैवटा स्थानीय तहका जनप्रतिनिधिहरुले क्रसर संचालन गर्न एकमत भएकाछन् । २५ भाद्रमा जिल्ला समन्वय समिति मकवानपुरमा बसेको समन्वय बैठकमा उनिहरुले क्रसर संचालन नहुँदा विकास निर्माणको काममा असर परेको बताएका छन् ।

बैठकमा सहभागि स्थानीय तहका प्रमुखहरुले समृद्धिको कुरा विकाससंग जोडिएको हुनाले विकास निर्माणमा असर पर्ने खालका कृयाकलाप हुन नहुने बताएका हुन् । स्थानीय तहको मुख्य राजस्वको स्रोत समेत नदि जन्य पदार्थ तथा खानी जन्य पदार्थ भएकाले यसको व्यवस्थित प्रयोग गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । उनिहरुले प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै भरपुर उपयोग गर्न पाउनु पर्ने बताएका छन् । विभिन्न बाहानामा प्राकृतिक स्रोत साधनको उपयोग गर्न नपाउँदा विकास निर्माणदेखि राजस्व संकलनमा समेत असर पुगेको बताएका छन् ।

जनप्रतिनिधिहरुले सरकारका निर्णयहरुको कार्यान्वयनलाई ध्यान दिएर व्यवस्थित रुपमा नदि तथा खानी जन्य पदार्थको प्रयोग गर्ने हो भने कुनै पनि समस्या नआउने बताएका छन् ।  बैठकमा ३ नम्बर प्रदेशको सार्वजनीक लेखा समिति अन्तरगतको उपसमितिका पदाधिकारीको समेत सहभागिता रहेको थियो । उपसमितिले स्थानीय तहहरुमा राजस्व संकलनमा आएका कठिनाई तथा परेका समस्याका बारेमा छलफल भएको थियो । उपसमितिले राजस्व उठन नसक्नुको कारण तथा नदि जन्य पदार्थको उत्खनन्÷व्यवस्थापन तथा राजस्व बाँडफाँडका विषयमा छलफल गरेका थिए । स्थानीय तहहरुले राजस्व बाँडफाँडको बैठकमा स्थानीय तहका प्रमुखहरुले नदि तथा खानी जन्य पदार्थको दर र दायरा प्रदेश सरकाले तोक्ने तथा स्थानीय तहले राजस्व संकलन गर्ने भएकाले यसको उपर्युक्त व्यवस्थापन हुनु पर्ने बताएका थिए ।

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्राकृतिक स्रोतको उत्खनन्मा हैन संरक्षण पनि गर्नु पर्ने बताए । उनले प्राकृतिक स्रोतको संरक्षण,उपयोग र प्रयोगका विषयमा स्थानीय तहहरुले विषेश ध्यान दिनु पर्ने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको लेखा समितिका सभापति न्ह्ुछेनारायण श्रेष्ठ, लेखा समिति अन्तरगतको उपसमितिका संयोजक रत्न ढकाल, सदस्यहरु दिपक निरौला, सन्त बहादुर प्रजालगायत मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत राजस्व हेर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)