Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा मकवानपुर जिल्लाको आठ गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो आठ गाउँपालिकामा निर्वाचन अधिकृत र सहायक कर्मचारी कार्यालय सञ्चालनका लागि खटिसकेको बताइएको छ ।

यसैबीच ती गाउँपालिकामा निर्वाचन प्रक्रिया सञ्चालनका लागि मतदाता नामावली, दलगत तथा स्वतन्त्र उम्मेदवारी दिनेहरुका लागि आवश्यक सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ । 

यसैगरी हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, वाग्मती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका गरी जम्मा २९५ मतदान केन्द्रका लागि आवश्यक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी खटाउन तथ्याङ्क संकलन भइरहेको र एक हप्ताभित्र नियुक्ति दिने गृहकार्यसमेत भइरहेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताएका छन् ।

जिल्लाको २९५ मतदान केन्द्रका लागि सुरक्षा प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयले एकीकृत रुपमा सुरक्षाको टोली परिचालन गर्ने तयारी गरिसकेको मकवानपुरका प्रजिअ, नारायणप्रसाद शर्मा दुवाडीले बताए ।