nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका पत्रकार विष्टसहित संचारकर्मीहरु विभुषित

pratap-Chepang-1555230583.jpg

विभिन्न क्षेत्रका योगदान पुर्‍याएको ठहर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले १ वैशाखमा एक समारोहबीच मकवानपुरका पत्रकार प्रताप विष्टलगायत आधा दर्जन भन्दाबढी संचारकर्मीलाई मानपदवी तथा विभुषण प्रदान गरेकी छिन् ।

शितल निवासीमा आयोजित एक समारोहमा विष्टलाई राष्ट्रपति भण्डारीले प्रवल जनसेवा श्री विभुषण प्रदान गरेकि थिइन । मानपदवी र विभुषण पाउने संचारकर्मीहरुमा शम्भु श्रेष्ठ, निर्मला शर्मा, तीर्थ कोइराला, गोपाल बुढाथोकी, गणेश पाण्डे, उजिर मगर, पुण्य पौडेललगायत रहेका छन ।
नेपाल राष्ट्रको गौरव र नेपाली जनताको हित अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै विभिन्न क्षेत्रका ३ सय ४२ जनालाई मानपदवी र विभुषण प्रदान गरिएको थियो । संविधान दिवसको अवसरमा अर्थात असोज ३ गते घोषणा गरिएको मानपदवी र विभुषण प्रदान गरिएको हो ।

मानपदवी र विभुषण प्रदान गर्ने समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन,प्रधानमन्त्री केपी ओली, विभुषण समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरललगायतको उपस्थिती रहेको थियो ।