Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरका पत्रकार अधिकारीलाई प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार

Girija-dai-1600737949.jpg

मकवानपुरका पत्रकार गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित हुने भएका छन् । काउन्सिलले सोमवार जारी गरेको विज्ञप्ति अनुसार, सम्पादक अधिकारी नगद रु. १५ हजार राशीसहित सम्मानित हुने भएका हुन् । दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी प्रदेश पत्रकार महासंघ बागमतीका सल्लाहकार हुन् ।

५१ औं वार्षिकउत्सबको अवसरमा काउन्सिलले विभिन्न विधामा अधिकारीसहित २४ जनालाई नगदसहित सम्मान गर्ने भएको हो ।

सम्मानित हुनेहरुमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार–२०७७ बाट शम्भु श्रेष्ठ (पाल्पा, हाल काठमाडौं), प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट अर्जुन बोहरा (हुम्ला), प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सेतोपाटी डटकम (काठमाडौं), प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजेन्द्र कार्की (काठमाडौं), धमेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ) र उमेश श्रेष्ठ (काठमाडौं) रहेका छन् ।

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौं), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी –मकवानपुर), राजु विक (सिरहा), कमल श्रेष्ठ (काठमाडौं), राजन सिंह (धनुषा), देवकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार कास्की) र शान्ता कमली (लमजुङ) रहेका छन् ।

यसैगरी, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट वन प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका (सम्पादक/प्रकाशक नवराज रिजाल) र प्रेस काउन्सिल भाषागत पत्रकारिताबाट वाम्बुले राई भाषाका गणेश राई सम्मानित हुने भएका हुन् ।

यसअघि काउन्सिलले आफ्नो वार्षिकउत्सव राष्ट्रपति भवनमा मनाउँदै आएकोमा यसवर्ष भने कोभिड–१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सो कार्यक्रम राष्ट्रपति भवनमा नगर्ने भएको प्रेस काउन्सिलले जनाएको छ ।

सम्मानित हुनेहरुलाई मंगलबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

हेर्नुहोस् विवरण ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०