Saturday, 5th September, 2026
वि.स.

मकवानपुरका दुई पत्रकार सम्मानित हुँदै

मकवानपुरमा क्रियाशील दुई पत्रकार आउने नयाँ वर्ष २०७४ सालको वैशाख १ गते सम्मानित हुने भएकाछन् । कतार स्थित नेपाली साझा मञ्च अन्तरास्ट्रिय अभियान सदस्य तथा प्रवासी नेपाली सहयोग मञ्च अध्यक्ष शेखर क्षेत्रीले विकासखबरलाई जानकारी   दिए ।
क्षेत्रीका अनुसार मकवानपुरमा क्रियाशील एक महिला र एक पुरुष पत्रकारलाई सम्मान गरिनेछ । सम्मान सहित पच्चीस हजार एक रुपियाँ नगद पनि प्रदान गरिने क्षेत्रीले जानकारी दिए । 
अभियानले पुरस्कार वितरणका लागि केही मापदण्ड पनि सार्वजनिक गर्दै पुरस्कृत गर्ने आधार खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने उल्लेख गरेको छ । त्यस्तै प्रकाशित/प्रशारित समाचारले समाज राष्ट्र र जनताको पक्षमा सकारात्मक प्रभाव पारेको हुनुपर्ने, पत्रकारहरु छापा, अनलाईन, रेडियो र टेलिभिजन लगायतका माध्यममा जहाँ काम गरेको पनि पर्न सक्ने, विवादास्पद पत्रकारलाई छनौंट मापदण्डमा समावेश नगरिने पनि अभियानले जनाएको छ । 
अभियानले कतारमा विभिन्न समाजिक कामहरु गर्दै आएको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif