Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरका थिङसहित देशभर तीन जनाको शव फेला

death-1599055499.jpg

मकवानपुरको कैलास गाउँपालिका ३ बस्ने ६२ वर्षीय भिम बहादुर थिङ सोही ठाउँस्थित केङराङ खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन्। सोमबार घरबाट स्थानीय केङराङ खोलामा माछा मार्न भनि गएका थिङ घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा मृत फेला परेका हुन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। त्यस्तै थिङसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार झापाको दमक नगरपालिका-८ आईतबारे बस्ने मोरङ मंगलबारे घर बताउने २८ बर्षीया संगिता चौधरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।

बझाङ्को जयपृथ्वी नगरपालिका-१० स्थित डुङ्ग्री पुल नजिकै सेती नदीको किनारमा हुम्ला नाम्खा गाउँपालिका-१ दिङ्ला घर भई चैनपुरमा बस्ने ५० वर्षीय बम दोर्जे लामा मृत अवस्थामा फेला परेका छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०