Saturday, 20th June, 2026
वि.स.

मकवानपुरका घाइते लामाको मृत्यु

death-body-1614932007.jpg

 हेटौंडा भएको सवारी दुर्घटनामा घाईते भएका छोइगु लामाको मृत्यु भएको छ । मनहरी–१ बस्ने ६३ वर्षीय लामाको गएराति उपचारको क्रममा हेटौंडाको सन्चो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक अमर प्रसाद गजमेरले बताए ।

प्रहरी निरिक्षक गजमेरका अनुसार उपचारपश्चात घर लगिएको घाइते लामाको स्वास्थ्यमा समस्या आएपछि अस्पताल ल्याएकोमा उपचारको क्रममा गएराति १ बजे मृत्यु भएको हो । घाईते भएका अन्य १० जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए ।

यही फागुन ११ गते हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा हेटौंँडाबाट काठमाडौतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना हुँदा ११ जना घाईते भएको थियो 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०