Friday, 19th June, 2026
वि.स.

मकवानपुरका कोरोना संक्रमित हेटौँडा ५ निवासी

corona-1589523119.jpg

मकवानपुरका कोरोना संक्रमित ३७ वर्षिय पुरुष हेटौडा ५ का सुवाल थरका भएको वताइएको छ । काठमाडौंको टेकु अस्पतालमा उनको स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको हो ।

काठमाडौंमा डेरागरि बस्ने उनलाई स्वास्थ्य परीक्षण पछिमात्र डेरामा बस्न दिने घरवालाले भनेपछि उनी स्वाब परीक्षणको लागि अस्पताल गएका थिए । स्वाब परीक्षणमा दिएपछि भने उनी आइसोलेसनमा नबसी सामान्य रुपमा हिडडुल गर्दैै बसेको अवस्थामा केही समय अगाडि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको यात्रा विवरण खोज्ने काम भइरहेको र केही समयमा सम्पुर्ण विवरण आउने हेटौडा नगरपालिकाका स्वास्थ्य निरीक्षक सुपेन्द्र कार्कीले बताउनु भयो । उनको यात्रा विवरण खोज्ने काम भइरहेको र पछिल्लो पटक हेटौडा कहिले आएका थिए भन्ने खोज्ने काम भइरहेको बताइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०