Friday, 19th June, 2026
वि.स.

मकवानपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

death-1605535254.jpg

मकवापुरका एकजना काेराेना संक्रमित पुरूषकाे उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको छ ।

हैटाैंडा उपमहानगरपालिका -४ का ५४ वर्षीय पुरूषकाे भरतपुर अस्पतालमा साेमबार दिउँसो मृत्यु भएकाे अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए ।

साेमबार नै काेराेना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या देखिएपछि अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियाे ।

यसअघि, आइतबार साँझ पनि मकवानपुर बकैया- ७ का ६० वर्षीय काेराेना संक्रमित पुरूषकाे भरतपुर अस्पतालमै  उपचारका क्रममा मृत्यु भएको थियाे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०