Friday, 19th June, 2026
वि.स.

मकवानपुरका एम्बुलेन्समा जिपिएस सिस्टम जडान गर्ने

ambulance1-1604207874.jpg

मकवानपुरका एम्बुलेन्समा जिपिएस सिस्टम जडान गर्ने निर्णय गरीएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शनिवार एम्बुलेन्स संचालक समिति र सरोकारवालाहरुको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ ।

सो प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने र एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानूनकी काम गरेको अवस्थामा थाहा लाग्ने भएकोले उक्त निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार सुरुवाती चरणमा मकवानपुरका ३५ वटा एम्बुलेन्सहरुमा सो प्रविधि जडान गरिने र आवश्यकता अनुसार थप एम्बुलेन्सहरुमा पनि जडान गरिने छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०