Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका एआईजी र प्रजिअको स्वागत

सामुदायिक सेवा केन्द्र मकवानपुरले ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ( एआईजी) केसरीराज घिमिरे र मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई स्वागत गरेको छ ।

कार्यक्रममा बोल्दै एआजी केसरीराज घिमिरेले ३ नम्बर प्रदेशका नागरीकहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनले अपराध न्युनिकरणका लागि जनस्तरबाट नै प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सामुदायिक सेवा केन्द्रको भुमिकाको प्रसंसा गरे । लागु औषध दुब्र्यसनी तथा उत्पादन न्युनीकरणका लागि जनचेतना कार्यक्रम गर्नुपर्ने उनले बताए । 
 केन्द्रका अध्यक्ष राम बिष्टले स्थानिकाय गठन भइसकेकोले स्थानिय निकायसँग सहकार्य सुरु गरीसकेको बताए । प्रहरी, प्रसासन सँग सहकार्य गर्दै समाजमा अपराध न्युनिकरणमा भुमिका खेल्दै आइरहेको जानकारी दिए । केन्द्रका अध्यक्ष बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, हेटौंडा ९ का वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, केन्द्रका कानुनी सल्लाहकार मदनकुमार दाहल, निबर्तमान अध्यक्ष कुमार पौडेल, संस्थापक अध्यक्ष रामचन्द्र अर्याल, सचिब रमिला सापकोटालगायतले बोलेका थिए ।