nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्प पुर्ननिर्माण सक्नको लागि डकर्मीलाई तालीम

सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन)को आयोजनामा थाहानगरका २० जनालाई डकर्मी तालिम दिइएको छ ।

डिएफआइडी युके एडको आर्थिक सहयोग, प्राक्टिकल एक्शनको अगुवाइ र कर्डको प्राविधिक सहयोगमा ‘कोही पनि नछुटुन’ परियोजना अन्तर्गत डकर्मी सीप सम्बन्धी तालिम दिइएको हो । 

२५ दिनसम्म सञ्चालन हुने तालिममा दुईदिन सैद्धान्तिक कक्षा संचालन दिएर अहिले भूकम्पपीडितको घर निर्माणमै सहभागी भएर तालिम संचालन भइरहेको सिसिडिएनका कार्यक्रम संयोजक सुमिरन कोइरालाले बताए । तालिमसँगै र तालिमपछि तालिमप्राप्त डकर्मीहरुले भूकम्प पीडितहरुको घर निर्माणमा काम गर्नेछन् ।

सिसिडिएनले थाहा नगरपालिका र कैलाश गाउँपालिकाका ७ सय भूकम्पपीडितहरुको ३ वटा भूकम्पपीडितहरुको घर  निर्माणमा सहयोग गर्दैछ । सरकारले दिएको रकमबाटै वातावरणमैत्री, लागत मूल्य प्रभावकारी र भूकम्पप्रतिरोधी तरिकाले सिएसइवी इन्टरलक इटाको प्रयोग गरेर घर बनाउन सिकाइको प्रशिक्षक दिपक हमालले बताए ।

सिसिडिएनका महेन्द्र मगर, इजि व्रिकका दिपक हमाल, गोपाल भट्टराई, परियोजनाका इन्जिनियर क्रिस्टोफर थापा लगायतले तालिम दिइरहेका छन् ।