Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

भूकम्पपीडितको गुनासोः अनुदानमा अन्यौल

ऐलानी जग्गामा बस्दै आएका भूकम्पपीडितहरुलाई राहत अनुदान पाउन नसकेको गुनासो गरेका छन् । इन्सेक मकवानपुरले २ फागुनमा हेटौँडामा आयोजना गरेको भुकम्प पीडितको पुर्नसंरचना र अबसर बारे सार्वजनिक सुनुवाई कार्यक्रममा पीडितहरुले यस्तो बताएका हुन । हेटौंडा क्षेत्रका पीडितहरुले ब्लकको घर निर्माण गर्दा पनि किस्ता पाईन्छ भनिएको भएपनि अहिले पाउन नसकेको गुनासो गरेका थिए । 

पीडितहरुको जिज्ञासाको जवाफ दिँदै जिल्ला समन्वय समिति मकवानपुरका सूचना अधिकृत किसान न्यौपानेले राज्यको नीति अनुसार आफुहरुले रकम वितरण गरेको बताए । 

कार्यक्रममा गैर सरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालले मकवानपुरमा भैरहेको पुनर्निमाणको विषयमा जानकारी गराएका थिए । कार्यक्रम इन्सेक मकवानपुरका प्रतिनिधि प्रताप विष्टको सभाध्यक्षतामा भएको हो ।