Monday, 15th June, 2026
वि.स.

भीमफेदी कारागारमा मेडिकेटेड सेफ्टि मास्क उत्पादन

maks-1584354591.jpg

 मकवानपुर जिल्ला भीमफेदीमा रहेको क्षेत्रिय कारागारका कैदिबन्दीहरूले हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोनो भाईरसबाट सजगता अपनाउन मेडिकेटेड सेफ्टि मास्क उत्पादन गर्न थालेको छ ।

कारागार जेलर प्रकाश खनालका अनुसार हाल चार जना बन्दीले दैनिक दुई सय देखि तिनसयसम्म मास्क उत्पादन गर्ने गरेको र आबश्यकता अनुसार माग भएमा दैनिक पाँच सय थान सम्म पनि मास्क तयार गर्ने क्षमता रहेको बताए। बजारमा तीस देखि पचाससम्म् बिक्री हुने मास्क कारागारले बीस रूपैयामा नै बिक्र गर्न सक्ने बताइएको छ ।हाल उत्पादन क्षमता रहे पनि यसले बजार नपाएको जेलर खनालले बताए ।

कारागारमा हाल पाँचसय माथी बन्दी रहेको तथा हाल फैलिरहेको संक्रमित भाईरस कोरोना को उच्च जोखिम कारागार पनि हुन सक्नेलाई ध्यानमा राखि उच्च सतर्कता अपनाए पनि कारागारमा दरबन्दीमा रहेको स्वास्थ्यकर्मी बिगत एक बर्ष देखि रिक्त रहेकोले स्वास्थ्यकर्मी को अति आबश्यक रहेकोे पनि उनले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०