Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

भीमफेदी कारागारमा उच्च सतर्कता

bheemphedi-1585964478.jpg

भीमफेदीस्थित कारागार कार्यालयले दिन बिराएर कैदीबन्दीको तापक्रम नाप्न थालेको छ । कारागारमा कोरोना संक्रमण फैलन नदिन कार्यालयले सतर्कता अपनाएको हो । 

१ हजार १ सय जनाको क्षमता भएको कारागारमा अहिले ९ सय ५७ कैदीबन्दी छन्। ‘सबैलाई एक/एक थान साबुन वितरण गर्नुका साथै एक दिन बिराएर ज्वरो नाप्ने काम गरिरहेका छौं,’ जेलर प्रकाश खनालले भने, ‘कैदीबन्दीलाई परिवार र आफन्तसँग भेटघाटमा निषेध गरिएको छ।’

कामका सिलसिलामा कारागार पुग्ने बाहिरका व्यक्तिलाई समेत हात धोएर, स्यानिटाइजर र मास्क लगाएर मात्र प्रवेश गराइएको खनालले बताए। कैदीबन्दीमा कोरोना संक्रमणको लक्षण देखिए क्वारेन्टाइनमा राख्न दुईवटा कोठा तयार पारिएको छ ।

३५ जना छुट्न सक्ने

सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार भीमफेदी कारागारबाट ३५ कैदी छुट्न सक्ने अवस्थामा छन्। सर्वोच्चले चैत ७ गते कोरोना संक्रमणको जोखिमका बेला कारागारको चाप व्यवस्थापन गर्न एक वर्षभन्दा कम सजाय तोकिएकाहरूले त्यसबापतको जरिवाना तिरेर निस्कन सक्ने फैसला गरेको थियो। अहिलेसम्म पाँच कैदी जरिवाना तिरेर छुटेका छन्।

कारागारप्रमुख खनालका अनुसार थप सात कैदीले जरिवाना तिरेर कैदमुक्त हुन निवेदन दिइसकेका छन्। मुलुकी फौजदारी संहिताले यसरी छुट पाउन दैनिक तीन सय रुपैयाँबराबर जरिवाना तिर्नुपर्ने र छुटेको व्यक्तिले तीन वर्षभित्र कैद सजाय हुने अर्को कसुर गरे उसलाई पहिले तोकिएको कैदसमेत थपेर सजाय गरिने उल्लेख छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg