Monday, 15th June, 2026
वि.स.

भीमफेदी–कुलेखानी सुरुङमार्गको काम आउदो जेठ बाट शुरु हुने

surung-1588484545.jpg

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ‘लकडाउन’का कारण विकासको गति कम भए पनि काम नरोकिएको बताएका छन् । उनले सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्ने क्रममा कामको गतिमा २० देखि २५ प्रतिशतसम्म कमी भएको भए पनि सरकारले गति बढाउनेतर्फ योजना बनाइरहेको जानकारी दिए ।

उनले हेटौँडा–काठमाडौँ मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको काम आगामी जेठ १५ गतेदेखि शुरु हुने बताए । मन्त्री फुयाँलले प्रदेशका विभिन्न स्थानमा विकासको काम भइरहेको बताए । उनले हाल प्रदेशको काठमाडौँस्थित कागेश्वरी चक्रपथमा सडक कालोपत्र भइरहेको, काठमाडौँकै नयाँपाटीमा दुई पुल निर्माणको काम भइरहेको, दोलखा, सिन्धुली धादिङलगायतका प्रदेशका सबै जिल्लामा विकासका काम धमाधम भइरहेका जानकारी दिए । उनले सिन्धुपाल्चोकदेखि चितवन तथा रसुवादेखि सिन्धुलीसम्म सबैतिर काम भइरहेको बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०