Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदीमा दुईदिने वार्षिक कार्य समिक्षा शुरु
भीमफेदीमा स्वास्थ्य प्रवद्र्धनमा ३० लाख, स्वयंसेविकाको भत्ता वृद्धि

प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले भीमफेदी गाउँपालिकाको स्वास्थ्य क्षेत्र प्रवद्र्धनको लागि भीमफेदी गाउँपालिकाले तीस लाख विनियोजन गरिएको अध्यक्ष हिदम लामाले बताएकाछन् । अध्यक्ष लामाले महिला सवासथ्य स्वयंसेविकाहरुलाई मासिक पाँच सय पाउँदै आएकोमा त्यसलाई बढाएर मासिक प्रोत्साहन भत्ता एकजार दुई सय पु¥याइएको उललेख गरे । 

जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा २ भदौबाट भीमफेदीमा शुरु भएको दुईदिने बार्षिक कार्य समिक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथ समेत रहेका  अध्यक्ष हिदम लामाले प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीको स्वास्थ्य बिमा कार्यक्रमको लागी आबश्यक पुर्वाधार निर्माण, सुपथ औषधालयको संचालन, एक्सरे कक्ष सुधार कार्यको लागी शिघ्र कार्य थालनीको गर्ने भीमफेदी गाउँपालीकाका कार्यकारी अधिकृत कमल प्रसाद दहाल र स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लामछिानेलाई निर्देशन दिए । 

कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका व्यबस्थापन समितिका उपाध्यक्ष सुरेन्द्र राज थीके, भीमफेदी गाउँपालीकाका ५ नंम्बर वडा अध्यक्ष जहार सिं लामा, ६ नंम्बर बडा अध्यक्ष सिताराम थापा, जिल्ला जनस्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भीम प्रसाद गुरागाइ, सुरेश यादब, उर्मिला गौतम, प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी प्रमुख डा. अमर दिप मण्डल, प्लान इन्टरनेशनल मकवानपुरकी विकास संयोजक सरस्वती लामालगायत भैसे स्वास्थ चौकी, निबुवाटार स्वास्थ चौकी, कोगटे स्वास्थ चौकी, इपा स्वास्थ चौकीका प्रमुख तथा प्रतिनीधि र अन्य संघ संस्थाका प्रतीनिधिहरुको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०