nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीमा डिटोनेटर बिष्फोट भयो

DITO-1490765193.jpg

मकवानपुर भीमफेदी गाउंपालीका वडा नंम्बर ६ स्थित इलाका प्रहरी कार्यालको शौचालय नजिकै बिस्फोटक डिटोनेटर बिष्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरक्षक बोध यादबले जानकारी दिए ।

बिस्फोटन पश्चात नेपाली सेनालाई जानकारी गरेको र बिष्फोटन स्थलमा जांच पडताल गर्दा एक थान बिष्फोटन डेटोनेटर फेला परेको बताइएको छ । बिस्फोट डेटोनेटर पुरानो अबस्थाको हो वा हाल नयां हो सोको पुष्ट्याइ भइ नसकेको तथा सो बारे अनुसन्धान रहेको बताइएको छ । स्थानिय र्निबाचन को निकट अबस्थामा यसरी बिष्फोटक पदार्थ बिष्फोटन ले स्थानिय जन मानसमा असुरक्षाको भय भएको जनाइएको छ ।

घटना बारे आबश्यक प्रकृया अघि बढेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

-सुरेन्द्र राज थिंके/भिमफेदी