Saturday, 20th June, 2026
वि.स.

मकवानपुरको बाह्रबिसेमा पहिलो पटक सडक पुग्यो

vimphedi-1611553989.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ को विकट वस्ती बाह्रबिसेमा पहिलोपटक सडक पुगेको छ । भीमफेदी गाउँपालिकाको लगानीमा सडक निर्माण गरिएको हो । सडक निर्माण भएपछी स्थानीय वासिन्दाहरुमा खुसीयाली छाएको छ । सडक निर्माण भएपछी अब सवारीका साधन ओहोर दोहोर हुने भएको छ ।

त्यस क्षेत्र तरकारी उत्पादनको लागि उर्वर क्षेत्र भएकाले किसानले उत्पादन गरेका सामान बजार सम्म ल्याउन र बजारबाट गाउँ लैजानुपर्ने हरेक सामाग्री गाउँमा लैजानका लागि सजिलो भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताए। यस क्षेत्रमा तरकारी उत्पादन भएपनि बजार सम्म ल्याउनका लागि किसानले धेरै समस्या बेहोर्दै आएका थिए । तर, अब भने सहज भएको अध्यक्ष लामाले वताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०