Wednesday, 19th May, 2021
वि.स.

भीमफेदीको भीम आधार सामुदायीक स्कुल ‘ख’ श्रेणीमा वर्गिकृत 

जिल्ला शिक्षा कार्यालय मकवानपुरले गरेको निरीक्षणबाट मकवानपुर भीमफेदीको भीम आधार सामुदायिक स्कुल ‘ख’ श्रेणीमा वर्गीकरण गरेको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यालय  निरीक्षक टंक प्रसाद ढकालको संयोजकत्वमा अनुगमन भएको हो । 

जिल्ला संस्थागत विद्यालय स्तरीकरण अनुगमनबाट वस्तुगत निरीक्षण तथा व्यबस्थापन अनुगमन गरी भीमआधार अनुगमन समितिमा सदस्य श्रोत व्यक्ती पुर्ण भद्र भुषाल,प्याब्सनका जिल्ला प्रतीनिधि राजकुमार नकर्मी, एन प्याब्सनका जिल्ला प्रतीनिधि सुरेन्द्र राज थीके, प्याब्सनका प्रदेश नंम्बर ३ सहकोषध्यक्ष राम कुमार श्रेष्ठको उपस्थित रहेको थियो । 

अनुगमन र्निधारण बैठकमा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष माधव दास श्रेष्ठ, सदस्य केशब नारायण मुल्मी, प्रिन्सिपल माया रेग्मीको सहभागीता रहेको थियो । प्रतिनिधि सदस्य टोलीलाई विद्यालय ब्यबस्थापन समिति अध्यक्ष माधब दास श्रेष्ठले खादा सहित सम्मान स्वागत गरेका थिए । 

विद्यालयले कुल पुर्णाङ्क २०० मा १४१.७५ अंक प्राप्त गरी ‘ख’ श्रेण्ीमा वर्गीकरण गरेकोमा विद्यालय निरक्षक टंक प्रसाद ढकालले बधाई दिए ।

-सुरेन्द्र राज थिंके/भीमफेदी