nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भिमफेदी गाउँपालिकाका सबै वडाहरुमा खोप लगाउने

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दोश्रो चरणको कोभिड विरुद्धको खोप तालिका अनुसार नेपाल भर खोप लगाउने कार्यक्रम भइरहेको छ । यस्तै, फागुन २३ गते आइतबारदेखि २७ गते विहीबारसम्म भिमफेदी गाउँपालिकाका ९ वडाहरुमा खोप लगाउने कार्यक्रम रहेको छ ।

“खोप ६५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी खोप लगाउन लागिएको”, भिमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताए । उनले सबै वडाका ज्येष्ठ नागरिकहरुलाई आ–आफ्नो वडाको स्वास्थ्य चौकी र सामुदायि स्वास्थ्य ईकाईमा सम्पर्क गरी सेवा लिन हुन आग्रह गरे । उनले हरेक खोप केन्द«हरुमा एम्बुलेन्सको व्यवस्था गरेको बताए ।

“खोप गर्भवती महिला, तत्काल कोरोना देखा परेका नागरिक, धेरै ज्वरो आएका र स्वास्थ्यमा जटिल खराब देखिएका नागरिकहरुलाई खोप लगाउन बन्देज गरिएको”, भिमफेदी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज रामनाम थिङले बताए । उनका अनुसार हरेक खोप केन्द«हरुमा नागरिकहरुको स्वास्थ्य चेकजाँच गरेर मात्र खोप लगाइने व्यवस्था मिलाइएको थिङले बताए । हरेक खोप केन्द«हरुमा डाक्टर, स्वास्यमसेविका, नर्स, अनमिलगायतको व्यवस्था रहेको पनि उनले बताए । खोप बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म लगाइने छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)