Friday, 19th June, 2026
वि.स.

भिमफेदीमा बजार अनुगमन सहित प्रशिक्षण

Bhimaa-1585724878.jpg

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट बच्न भिमफेदी गाउँपालिकाले आन्तरिक तयारी बलियो बनाएको छ । भिमफेदी गाउँपालिकाले गाउँपालिका वासीहरुलाई खाद्यान्नको अभाव हुन नदिनको लागि बजार अनुगमन गरेको छ ।   गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाको संयोजकत्वमा बजार अनुगमन समितिले गाउँपालिकाको भिमफेदी–२, को भैँसे बजार, वडा नं.४ को पान्द्रङ, निबुवाटार र चिउरी बगैँचा र वडा नं. ६ को भिमफेदी बजारका मुख्य मुख्य खाद्यान्न व्यवसायीहरुको मौज्दात, आपुर्र्ती र बजारको माग र ढुवानी अवस्थाबारे बुझेको हो । 

गाउँपालिका अध्यक्ष हिदम लामाले गाउँपालिकाका जनताहरु खाद्यान्नको अभावले भोकै बस्नु पर्ने अवस्था श्रृजना नआओस र कालोबजार हनु नदिनको लागि अनुगमन गरेको बताए । उनले कोरोनाबाट सक्रमण हुन नदिनको लागि गाउँपालिकाले तयारी तिब्र पारेको भन्दै सबै सचेत रहनको लागि आग्रह गरे । गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गाउँपालिकावासीहरु कोरोनाबाट नआत्तिन तर पुर्ण सतर्कता अपनाउन आग्रह गिरन्। उनका कोरोनाबाट सचेत भएर कोरोनाबाट वच्ने उपायमा ध्यान दिएमात्रै पनि यसबाट वच्न सकिने बताइन् ।  

उनले सामाजिक दुरि र पसलमा कोरोना संक्रमणबाट जोगिनलाई अपनाउने पर्ने उपायहरुको प्रयोगात्मक प्रशिक्षण दिइएको छ । गाउँपालिकामा खाद्यान्नको अभाव नभएको अनुगमन अनुगमन समितिले पाएको र गाउँपालिकाले खाद्यान्न ढुवानीमा पनि गाउँपालिकाले सहयोग गर्ने बताइएको छ । सो अनुगमनमा प्रमुख कार्यकारी अधिकृत जिवन कुँवर, शाखा अधिकृत बद्रि सापकोटा, ४ नम्बर वडा अध्यक्ष क्षेत्र बहादुर पाण्डे,२ नम्बर वडा अध्यक्ष काशीराम बज्यु, ६ नम्बर वडा अध्यक्ष सिताराम थापा, प्रहरी चौकी भैँसेका प्रमुख भरत दुरा लगायतको सहभागिता रहेको थियो ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०