Tuesday, 16th June, 2026
वि.स.

भिमफेदीमा चेपाङ परिवारको निःशुल्क स्वास्थ्य बीमा

Manoj-1594048228.png

मकवानपुरको भीमफेदी गाउँपालिले आफ्नो गाउँपालिका क्षेत्रमा रहेका सिमान्तकृत एवम् आर्थिक रुपले बिपन्न चेपाङ परिवारहरुको स्वास्थ्य बिमा गरिदिएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको १ सय ४० परिवारको ५ सय ५९ जनाको स्वास्थ्य विमा गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लमाले बताए । सिमान्तकृत र बिपन्न रहेका चेपाङ समुदायको स्वास्थ्य क्षेत्रमा पहुँच विस्तारको लागि कार्यक्रम सुरु गरिएको लामाको भनाई रहेको छ । 

चालु आर्थिक वर्ष ०७६-७७ को कूल ५ लाख २८ हजार २ सय रुपैँया लगानीमा बिमा गरीएको र कूल एक करोड ११ लाख ८० हजारसम्मको रिक्स कभरेज हुने उनको भनाई छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०