Saturday, 27th July, 2024
वि.स.

भिमफेदीको जुरीखेतमा बस पल्टिदा एकको मृत्यू

मकवानपुरको चित्लाङबाट—कुलेखानी देउराली हुँदै हेटौडातर्फ जाने क्रममा  बा ३ ख ५०४ नम्बरको यात्रु बस मदनभण्डारी मार्गको जुरीखेतमा १६ असोज दिउँसो दुर्घटना हुँदा चित्लाङ गाविस–६ का ३३ वर्षिया रामशरण बिकको मृत्यु भएको हो । 
२ जना घाइते भएका छन् । ब्रेकफेल भएको बस भित्तामा ठोकेर सडकमा पल्टदा ३ जना यात्रु घाइते भएका थिए । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा विकको मृत्यु भएको हो । अरु घाइतेहरुको उपचार चुरेहिलमा नै भइरहेको छ । उक्त बसमा ३० जना यात्रुहरु रहेका थिए ।