nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भारतमा घट्यो खाने तेलको मूल्य, नेपाली भान्साले पाउला त राहत ?

oil-1623925077.jpg

केही महिनायता खाने तेलको मूल्यमा अत्यधिक वृद्धि हुँदा गृहणीहरु निकै चिन्तित बनेका छन् । तर, भारतबाट आएको एउटा खबरले भने केही राहत मिल्ने संकेत देखिएको छ । 

भारतमा खाने तेलको मूल्यमा वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभावस्वरुप नेपालमा पनि तेलको मूल्य अत्यधिक बढेको छ । अहिले भने भारतमा केही दिनयता खाने तेलको मूल्यमा १० देखि २० प्रतिशतसम्म गिरावट आएको त्यहाँका सञ्चार माध्यमहरूले उपभोक्ता मामिला मन्त्रालयको हबला दिँदै समाचार लेखेका छन् ।

भारतमा अहिले फरक फरक प्रकार खाने तेलहरूको मूल्यमा भिन्दा भिन्दै मूल्य सहित गिरावट आएको हो । त्यहाँ पाम आलयमा १९ प्रतिशतले मूल्य घट्दा भारु एक सय रुपैयाँ प्रतिलिटरमा झरेको छ । जबकि यसअघि भारु १४२ मूल्य कायम रहेको थियो । 

त्यसैगरि, सूर्यमुखी तेलमा १६ प्रतिशतले मूल्य घटेर १५७ भारु बनेको छ । तोरीको तेलको मूल्य भने प्रतिलिटर १५५ भारुमा झरेको छ । यसअघि १७७ भारु प्रतिलिटर थियो । 

भारतमा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा कति हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन । किनकि भारत पनि खाने तेल आयात गर्ने मुलुक हो । नेपालबाट पाम आयल भारततर्फ निर्यात हुँदा अघिल्लो आर्थिक वर्षमा नेपालको निर्यात मै समेत उल्लेखनीय वृद्धि भएको थियो । 

तर पनि खुल्ला सिमाना र त्यसको सर्वाधिक जनघनत्व रहेको तराईका अधिकांश मानिसहरूले तेल लगायत दैनिक उपभोग्य वस्तुहरू भारतबाट नै खरिद गर्ने गर्छन् । यस्ता दैनिक उपभोग्य वस्तुहरूको एउटा मुलुकमा मूल्य बढ्ला त्यसको प्रत्यक्ष प्रभाव अर्को देशमा समेत हुने गर्दै आएको छ ।