Tuesday, 1st September, 2026
वि.स.

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

76-1601711133.jpg

भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।

गएको २४ घण्टामा एक हजार ७१ जनाको ज्यान गएसँगै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै २४ घण्टामा झण्डै ८० हजारको रिपोर्ट पोजेटिभ आएसँगै भारतमा सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा ५४ लाख २५ हजार निको भएका छन् ।

कोरोना सङ्क्रमण निको हुनेमा भारत विश्वमै सबैभन्दा अगाडि रहेको हो । यसले निकै राहत दिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif

लोकप्रिय समाचार