Wednesday, 17th June, 2026
वि.स.

भारतमा एकै दिन ७८ हजार ७६१ संक्रमित थपिए

varat-1598771688.jpg

 भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कुनै पनि मुलुकमा अहिलेसम्म भेटिएको भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो । अमेरिकामा एकैदिन ७७ हजार ६३८ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लख ४२ हजार ७३४ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६३ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४८ जनाको मृत्यु भएको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका २७ लाख १३ हजार ९३४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले सात लाख ६५ हजार ३०२ संक्रमित निको हुन बाँकी छन् ।

भारत कोरोना संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित तेस्रो मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म ५९ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ब्राजिलमा ३८ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०