Tuesday, 16th June, 2026
वि.स.

भारतबाट फर्किने नेपालीका लागि २० नाका तोकियो

bbbbbbbbbbbbbb-1590759400.jpg

सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए ।

उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि देश प्रवेश गर्ने नाकाका रुपमा तोकिएका छन् ।

सरकारले भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको बताएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०