Tuesday, 16th June, 2026
वि.स.

भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

111-1597306201.jpg

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी कोमामा गएका छन् ।  मष्तिकको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा कोमामा गएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ ।

आर्मी अस्पतालले पूर्व राष्ट्रपतिको अवस्थामा कुनै सुधार नभएको जानकारी दिएको छ । पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो ।

कोरोनाबाट समेत संक्रमित मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको जानकारी दिएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०