nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भव्यताकोसाथ थाहानगरमा संविधान तथा राष्ट्रिय दिवस मनाईदै

sambidhan-1568942441.jpg

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा संविधान तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा  ३ असोज विहान ८ बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

थाहा नगरपालिकाको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा ‘संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया हुने भएको हो । नगर प्रमुख लवशेर विष्टको संयोजकत्वमा गठित संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आयोजनामा गठित समितिको आयोजनामा कार्यक्रम हुने भएको हो । 

दिवसको अवसरमा ३ असोज दिउँसो थाहा–४ स्थित थाहा स्मारक निर्माण स्थलमा झण्डोत्तोलन कार्यक्रम तथा साँझ थानाबजार स्थित बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमहरुमा नगरका जनप्रतिनीधिहरु, स्थानीय राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मीहरुलगायतको सहभागीतामा गठित मूल समारोह समितिका पदाअधिकारीहरुको सहभागिता रहने मूल आयोजक समितिले जनाएको छ । 
संविधान तथा राष्ट्रिय दिवसको कार्यक्रमहरुमा सबैलाई सहभागिता हुन मूल आयोजक समिति संयोजक तथा नगर प्रमुख लवशेर विष्टले अनुरोध गरेका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)