nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भर्मि कम्पोष्ट प्रबद्र्धन तथा कौशी खेति विस्तार कार्यक्रम

भर्मि कम्पोष्ट प्रबद्र्धन तथा कौशी खेति विस्तार कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको ५ वडामा सम्पन्न गरिएको छ । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, बन तथा वातारण मन्त्रालय अन्तरगतको बन निर्देशनालयले नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ अन्तरगत कार्यक्रम गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, २, ४, ९ र १० मा ७ पटक कार्यक्रम आयोजना गरिएको थियो । हेटौंडाको वडा नम्बर २ र ४ मा २–२ पटक र वडा नम्बर १, ९ र १० मा १–१ पटक आयोजना गरिएको कार्यक्रममा ३ सय ५७ जनाको सहभागिता रहेको थियो । तालिममा हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुबबहादुर भुजेल, कृषि बिज्ञ रबिन्द्रप्रसाद पौडेल, हेटौंडा ७ की गड्यौला मल उत्पादक कृषक जानुका राईले सहजिकरण गरेका थिए । 

कार्यक्रममा भर्मि कम्पोष्ट मलको परिचय, महत्व, बनाउने तरिका, प्रयोग गर्ने बिधी तथा कौशी खेतीका लागि उपयुक्त माटोको छनौट र प्रयोग, उपयुक्त तरकारी वा फलफूल, प्रजाति र विरुवाको छनौट, रोगहरु तथा लक्षणहरु, उपचार बिधी, औषधी र प्रयोग बिधिहरु लगायतको बिषयमा प्रशिक्षण दिएका थिए । 

तालिममा व्यवहारिक रुपमा फोहरबाट कम्पोष्ट मल बनाउने तरिका, गड्यौलाबाट भर्मि कम्पोष्ट मल बनाउने तरिका, कौशी खेतिका लागि माटोको प्रयोग, बिरुवा रोप्ने तरिका अभ्यास(प्राक्टीकल) समेत गराएका थिए । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले हेटौंडा १ मा असार १६ गते कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । हेटौंडा २ मा वडा सदस्य रिनु गुरुङ्ग, हेटौंडा ४ मा वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा ९ मा वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी र हेटौंडा १० मा वडा अध्यक्ष कितापसिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)