Tuesday, 16th June, 2026
वि.स.

भरुवा बन्दुकसहित १ जना पक्राउ

pakrau123-1594632711.jpg

रामेछापमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । रामोछाप नगरपालिका–६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापामगरलाई प्रहरीले भरुवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

थापामगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएलगत्तै उनी पक्राउ परेका हुन्  ।

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०