Monday, 15th June, 2026
वि.स.

भरतपुर कोरोना नियन्त्रण कार्यदलद्वारा खर्च अनुमोदन

varatpur-1588142013.jpg

भरतपुर कोरोना विषेश अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले खर्च अनुमोदन गरेको जनाएको छ । कार्यदलका सदस्यसचिव डा। भोजराज अधिकारीले कार्यदलको सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको बताए । तर, केही सदस्यहरूले भने यसबारेमा अनभिज्ञता प्रकट गरे ।

प्रदेश सरकारको एक करोड सशर्त अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पेस्की लिएको ६ लाख ५० हजार रकमलाई आम्दानी देखाइएको छ भने खर्च एक करोड २६ लाख ४८ हजार देखाइएको छ ।

प्रदेश सरकारबाट चैत २० गते आएको सशर्त अनुदानको एक करोड रकम कोरोना अस्पतालको खातामा नै पठाइएको महानगरका लेखा अधिकृत जगन्नाथ अर्यालले जानकारी दिए । अडिट गर्नेरगराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल फणिन्द्र खनाल र अस्पतालका सदस्य सचिव एवं प्रवक्ता डा। भोजराज अधिकारीलाई दिइएको छ ।

अस्पतालले दिएको विवरणअनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । क्वारेन्टाइन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक वापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधि खरिदरमेसिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाख खर्चको सिलिङ राखिएकोमा त्यसलाई नाघेर खर्च गरिएको छ । अस्पतालले कति कुन(कुन औषधि खरिद गरेको हो भन्ने विवरण दिएको छैन । अस्पतालले पीपीई र एन(९५ मास्कमा मात्रै भ्याटसहित करिब ३४ लाख खर्च गरेको देखाइएको छ । तर, ५२ लाख २८ हजारमध्ये करिब १८ लाखको हिसाब अस्पतालले देखाएको छैन ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलले मंगलबार एक विज्ञप्ति जारी गर्दै खर्च अनुमोदन गरेको जनाएको छ । प्रवक्ता डा। भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा अस्पतालका सामग्री प्रचलित कानुनबमोजिम खर्च गरेको दाबी गरिएको छ । उनले यस्तो दाबी गरे पनि कतिपय सामानविना प्रकृया खरिद गरेको देखिएको छ । औषधि तथा पीपीई र मास्क खरिद सरकारको प्रचलित मापदण्डअनुसार गरिएको छैन । कोसँग औषधि खरिद गरिएको हो भन्ने उल्लेख नै छैन । छ लाख २५ हजारको एसी खरिद गर्दा दरभाउ पत्र मागेको दाबी गरे पनि देखाउन अस्पतालले सकेको छैन ।

सार्वजनिक खरिद ऐनको खरिदसम्बन्धी व्यवस्थामा पान बिलमा बढीमा २० हजारसम्म सिधा खरिद गर्न पाउने व्यवस्था छ । बढीमा ५ लाखसम्मको खर्चमा तीनबाट सप्लायर्ससँग दरभाउ पत्र मागेर कम पेश गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दा माथिको खरिद गर्नु परेमा टेण्डरमा जानुपर्ने नियम कानुनमा छ । चैत ७ गते अस्पताल खुले पनि १५ गते मात्रै अधिकांश समान सप्लाई गरेको देखिएको छ । अस्पतालसँग दरभाउ पत्र माग्ने र लिने समय अपुग भएको देखिँदैन ।

अस्पतालले महेश मेडिसिन्स प्रा।लि।सँग ५० थान पीपीई पाँच हजार दुई सय बढी भ्याटमा खरिद गरेको देखिएको छ । तर, महेश मेडिसिन्सले दुई सय थान पीपीई सोही रेटमा अस्पताललाई बेचेको बताएको छ । एकै व्यक्तिका अलग(अलग फर्मबाट समेत सामान उठाइएको छ ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०